क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।
शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।
सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।
हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा पेनिन्सुलार मलेसियामा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ ।
हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७