संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र ।
तयतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो ।
यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।
मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् ।
उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।
उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् ।
यसबाहेक उनलार्य गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७