काठमाडौं — मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ ।
कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ । यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका छन्
।
एमओयुपछि नेपाल मलेसिया संयुक्त कार्यदल जेडब्लुजीले समेत मलेसियामा रोजगारीका लागि जाने प्रक्रियाबारे टुंगो लगाईसकेको छ ।
जेडब्लुजीमा दुई देशका उच्च अधिकारी सम्मिलित छन् । एमओयु र कार्यादलमा पुरानै प्रक्रियाअनुसार नेपाली कामदार मलेसियापठाउने सहमति भएको छ ।
यो सहमतिपछि जेठ २ गतेदेखि रोकिएको मलेसियाको रोजगारीको ढोका पुनः खुल्ने धेरैको अपेक्षा थियो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७