काठमाडौं — प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ ।
प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् ।
प्रकरहीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ ।
सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् ।
कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुन्बमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७