काठमाडौं – सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो ।
अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पााइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७