सल्यान – सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेकी छिन् ।
परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उनले परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७