काठमाडौँ – कतारमा सन् २०२१ मा २ हजार १ सय ७३ श्रमिकले विभिन्न विषयमा उजुरी हालेको त्यहाँको सरकारी निकायले जनाएको छ । कतारको श्रम मन्त्रालयका अनुसार गएको एक बर्ष भित्रमा ति श्रमिकले विभिन्न विषयमा उजुरी हालेका हुन् ।
द पेनन्सुला कतारका अनुसार यसरी परेका उजुरी मध्ये ६९ वटाको अन्तिम किनारा लागेको, १ हजार ८ सय ५५ वटा अनुसन्धानकै क्रममा रहेको र २ सय ४९ वटा समस्या समाधानका लागि गुनासो सुनुवाई कमिटीमा पठाइएको छ ।
यसैगरी १ सय ४ जना घरेलु श्रमिकले आफ्ना रोजगारदाता विरुद्द उजुरी गरेका छन् । त्यसमध्ये २६ वटा समाधान भएको, ६२ वटा प्रकृयामा नै रहेको र १६ वटा गुनासो सुनुवाई कमिटीमा पठाइएका छन् ।
सन् २०२१ म २ हजार ९ सय ९ पटक सरकारी निकायबाट अनुगमन गरिएको र सो क्रममा ५ सय ५८ पटक विभिन्न कम्पनी तथा सम्वन्धित व्यक्तिलाई चेतावनी दिइएको समाचारमा जनाइएको छ । सो क्रममा ४ सय ४६ वटा कम्पनीले श्रम कानुन उल्लंघन गरेको पाइएको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३