दाङ – दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ ।
विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३