२० पुस, धनगढी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ ।
आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’
उनले अघि भने, उपाध्यक्ष त माथिको पद हो पूर्वएमालेका उपाध्यक्षहरु पनि सचिवालयमा ल्याउनुपर्छ ।’
तत्कालीन एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य नेकपाको सचिवालयमा छैनन् ।
उनीहरुलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने भन्दै नेता नेपालले भने ‘संख्या नौ को ठाउँमा पन्ध्र हुन्छ, के फरक पर्छ ?’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अमेरिकी मेलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा आफूहरू गम्भीर रहेको समेत बताएका छन् ।
एमसीसी शब्दमा विरोध नभएको तर सैन्य रणनीति भए नभएको बहसले झस्काएको उनले बताए ।
राष्ट्रघात हुने कुनै पनि विषय स्वीकार गर्न नसकिने भन्दै उनले भने, ‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा हामीलाई स्वीकार्य हुँदैन । सैन्य रणनीतिको परियोजना होइन भने सबैसँग सहयोग चाहन्छौं ।’
उनले भारतसँगको सीमा विवाद पछि छलफल र तथ्य प्रमाणका आधारमा टुंग्याइने बताए । उनले भने, ‘कालापानीको विषय पनि छलफल र तथ्य प्रमाणको आधारमा टुङ्गाउन चाहन्छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३