शनिबार बाग्लुङको जैमिनी नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोह थियो। समारोहका प्रमुख अतिथि थिए मेयर इन्द्रराज पौडेल ।
बिहान १० बजे नै मेयर पौडेल प्रतियोगिता स्थलमा पुगे। त्यतिञ्जेल त्यहाँ उद्घाटन समारोहको तयारी हुँदै थियो। आयोजकले प्रतियोगिताबारे र उद्घाटनको शैलीबारे मेयरलाई जानकारी गराइरहेका थिए।
त्यतिकैमा एक लाम विद्यार्थी मार्च पास गर्दै मेयरतिर लम्किँदै आए। प्रतियोगितामा भाग लिने खेलाडी पनि लाम लागे। खेलाडीहरु प्रमुख अतिथिलाई सलामी दिने तर्खरमा थिए। त्यसपछि प्रमुख अतिथिले पनि खेलाडीलाई सलामी फर्काउनुपर्छ भन्ने कुरा आयो। त्यतिञ्जेल मेयर पौडेलको खुट्टा जमिनमै थियो।
जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षहरुले तर्क राखेको मेयर इन्द्रराज पौडेलले भने।
‘सुरुमा त मैले भुँइमै एउटा कपडा बिछ्याएर गरौं भने तर फेरि उहाँहरुले अलिक उचाइमै चढ्नुपर्छ भनेपछि म टेबलमा चढेको हुँ,’ उनले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३