काठमाडौं – बलात्कार आरोपमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई सफाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रिहा भए ।
जेलबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो ।
उनले महरालाई निर्दोष सावित भएकोमा बधाई दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३