काठमाडौं । आफ्नो ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार एकपछि अर्को संकटमा फस्न थालेको छ । यी संकट आन्तरिक र बाह्य दुबै किसिमका छन् ।
तर, प्रधानमन्त्री ओलीले भन्दैछन्, ‘मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर पनि चल्छु ।’
मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ, जुन बैठकमा प्रधानमन्त्रीले सञ्चारमन्त्रीको अडियो प्रकरणबारे जवाफ दिनुपर्ने, अन्यथा संसदै चल्न नदिने विपक्षी नेपाली कांग्रेसले माग राखेको छ ।
प्रधानमन्त्रीले संसदमा आएर जवाफ देलान्/नदेलान् त्यो दुई दिनपछि थाहा हुनेछ । तर, उनले संसदमा जवाफ दिएनन् भने प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका बैठकहरु प्रभावित हुने देखिन्छन् ।
तर, ओली सरकार बाह्यभन्दा बढी आन्तरिक संकटमा फसेको छ । गोकुल बास्कोटा काण्डले आम जनमानसमा पनि सरकारमाथि तीव्र आलोचना भइरहेको छ ।

www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३