नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकायको डीन पदमा प्रा.डा. अरहन स्थापित नियुक्त भएका छन् । विदेशी विश्वविद्यालयहरुको डीन नियुक्तिको स्तरीयकृत प्रक्रिया र पध्दति अपनाएर राष्ट्रीय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरि खुला प्रतिस्तपर्धा मार्फत् उनी लगायत नेपाल खुला विश्वविद्यालयका तीनै वटा संकायका डीनहरूको चयनको अभ्यास नेपालमा यो पहिलो पटक भएको हो ।
प्रा.डा. स्थापितले केही वर्ष अघिदेखि उक्त विश्वविद्यालयमा व्यवस्थापन विषय प्राध्यापन गरिरहेका छन् । व्यवस्थापन विषयमा वहांको थुप्रै कृतिहरू प्रकाशित छन् । यस अघि त्रिभुवन विश्वविद्यालयमा ८ वर्ष उप-प्राध्यापकको रूपमा प्राध्यापन गरिसकेका प्रा.डा. स्थापितले आफ्नो करिअरको शुरुमा बैकिंग क्षेत्रमा ६ वर्ष काम गर्नुको साथै गोरखापत्र संस्थानको द राइजिंग नेपाल अंग्रेजी दैनिकमा वरिष्ठ सह-सम्पादक भई अंग्रेजी संस्करणको सम्पादकको अनुभव पनि हासिल गरेका छन् । उनले व्यवस्थापन विषयमा ८ वटा पाठ्यपुस्तक र पेशागत पुस्तक प्रकाशित गरेका छन् । देशविदेशमा अनुसन्धानका सुचिकृत विभिन्न जर्नलहरूमा उनले ७८ वटा अनुसन्धानया कृति प्रकाशित गरिसकेका छन्।
उनी नेपालभाषाका साहित्यकार तथा भाषिक कार्यकर्ताको रूपमा पनि परिचित छन् । नेपालभाषामा आधुनिक कथा संग्रह र थुप्रै फुटकर रचना प्रकाशित गरेका उनको नेपालभाषामा करीब सयवटा र अंग्रेजी भाषामा व्यवस्थापन, अर्थशास्त्र, संगीत र नेवार संस्कृति आदि विषयमा झण्डै १ हजार ७ सय ५० भन्दा बढी लेख प्रकाशित छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३