काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माले) ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ ।
माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार झापाबाट काठमाडौं आउँदै गर्दा बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।
सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपी अहिले खतरामुक्त छन् । तर, मालेले घटनाको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै दुर्घटना अस्वभाविक र नियोजित भएको दाबी गरेको छ ।
‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ,’ मालेका प्रवक्ता कुमाल बेलबासेद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ । विज्ञप्तिमा दुर्घटनाको अन्तरनिहित दुर्नियत योजनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३