नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान एयर डायनास्टीको हेलिकप्टर चढेर गृहजिल्ला चितवन पुगे। पोल्ट्रीसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन उनी बिहानैदेखि रातिसम्म नियमित जहाजको उडान हुने भरतपुर पुगेका थिए।
कार्यक्रम नसकिउन्जेल हेलिकप्टर त्यही कुरिरह्यो। दिउँसो कार्यक्रम सकेर प्रचण्ड हेलिकप्टरमा चढे। तर उनी चढेको हेलिकप्टर काठमाडौं विमानस्थलमा अवतरण भएन। बरू सिन्धुपाल्चोकको सुकुटेतिर लाग्यो।
अहिले प्रचण्ड सुकुटे रिसोर्टमा पुगेका छन्।
‘शनिबार सुकुटे महोत्सव हुँदैछ। त्यही भएर पूर्वनिर्धारित कार्यक्रमअनुसार नै जानुभएको हो,’ प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाले भने।
सुकुटे रिसोर्टमा प्रचण्डको धेरै पहिलादेखि नै आउजाउ भइरहन्छ । उनी प्राय: धेरै तनाव भयो भने आराम गर्न सुकुटे पुग्ने गर्छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३