वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो विश्व नेवार हाजिरी जवाफ प्रतियोगिता ११४३ गर्ने भएको छ। प्रतियोगिता आउँदो भदौ २ गते शनिवारदेखि शुरु हुने डब्ल्यूएनओले जनाएको छ।
प्रविधिको माध्यमबाट हुने प्रतियोगितामा भाग लिन नेपालसहित विश्वका हरेक देशमा रहेका १२ कक्षासम्मका विद्यार्थीहरूले आउँदो साउन २७ गतेसम्म तोकिएको शुल्क तिरेर फाराम भर्न सकिने डब्ल्यूएनओले जनाएको छ। सहभागी हुनको लागि नेपाल भित्रको समूहका लागि एक हजार नेपाली रूपैयाँ र नेपालबाहेक अन्य देशबाट सहभागी हुने टीमका लागि २५ अमेरिकी डलर शुल्क तोकिएको छ।
डब्ल्यूएनओका अनुसार प्रतियोगितामा कुल ३२ वटा टीमलाई मात्र सहभागी गराइनेछ भने समूह विभाजन गरेर एक समूहमा ४ वटा टीम राखिनेछ । पहिलो चरणमा उत्कृष्ट २ टीम (पहिलो र दोश्रो)का लागि दोश्रो चरणमा जानेछन् भने दोश्रो चरणमा उत्कृष्ट एक टीम तेश्रो चरणमा जानेछ। त्यसमा उत्कृष्ट हुने टीमविच फाइनल प्रतियोगिता हुनेछ।
फाइनल प्रतियोगितामा पहिलो हुने टीमलाई १,००० अमेरिकी डलर, दोश्रोलाई ८०० अमेरिकी डलर, तेश्रोलाई ६०० अमेरिकी डलर र सान्त्वनालाई ४०० अमेरिकी डलर पुरस्कार तथा हरेक चरणमा जित्ने टीमलाई ८० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।
प्रतियोगितामा भाग लिन डब्ल्यूएनओको वेवसाइट र प्रतियोगिताको नियमका लागि यहाँ क्लिक गर्न सकिन्छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३