शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा ) सिफारिस गरेको छ ।
उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ ।
मन्त्रालयले गत आर्थिक वर्ष २०७९(८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो ।
सो अवधिमा ३१ हजार एक सय चार नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३