भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी हान्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेल तानिएका छन् ।
गत बिहीबार भैंसेपाटीमा नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि इन्स्पेक्टर पौडेलले अमानवीय तरिकाले लाठी प्रहार गरेका थिए ।
उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी गत शुक्रबार देखि छानबिन सुरू गरेको थियो ।
उक्त टोलीले शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइसकेको एसपी सिंहले बताइन्।
‘हामीले उनलाई जावलाखेलमा बोलाएर भैंसेपाटीमा अर्का इन्सपेक्टर पठाइसक्यौं,’ सिंहले भनिन्,’छानविनको म्याद भोलिसम्म हो। घटनाका प्रत्यक्षदर्शीहरुसँग कुराकानी गर्दैछौं।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३