नेपालमा यो वर्ष सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए । सोमबार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै डा. मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए । उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनि डेंगु सर्न सक्ने बताए । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए ।
डा.मरासीनिले भने , ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजि स्वास्थ्य संस्थाको रेकर्ड हामीसंग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९ र सन् २०२२ मा महामारीको रुप लिएको थियो । यस वर्ष हामी सचेत हुनुपर्ने कारण के छ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसक्या छ । सबैभन्दा बढि केस सुनसरीबाट रीपोर्ट भएको छ । सुनसरीको पनि खास गरी धरान उपमहानगरपालीकामा संक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्युु भएको छ । जतिपनि विरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्युु भएको छैन, आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन । कतिपय विरामीहरु किड्नीका हुनुहुन्थ्यो । कतिपयले डायलायसीस गराइरहनुभएको थियो । कतिपय विरामी सुुगरको हुनुहुन्थ्यो ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको बताए । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३