Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २८, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

२ दिन अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी

देश परदेश काठमाडौँ प्रकाशित मिति: २०८० श्रावण २३, मंगलबार (१ साल अघि)

  • ३८७ पटक पढिएको
  • संयुक्त अरव ईमिरेट्स (युएई) को आबुधावी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिसले २५ नेपाली युवालाई उनीहरुले पाउनु पर्ने तलव, ओभरटाइम वापतको रकम र ईन्ड अफ सिर्भस (उपादान) को रकम समेत नदिइ बन्धक अवस्थामा राखेको छ । सेक्यूरिटी गार्डको रुपमा काम गर्ने उनीहरुलाई कम्पनीले विभिन्न समयमा राजिनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको त्यहाँ रहेका एक नेपालीले बताएका छन् ।

    अल फलाहले विभिन्न समयमा राजिनामा दिन बाध्य पारेर उनीहरुलाई १० महिनादेखि विभिन्न वहाना र झूठो आश्वासन दिइ आबुधावीको मफ्रकस्थित अल इशुस भिलेज नामको क्याम्पमा राखेको छ । त्यहाँ राखिएका मध्ये कतिपयको भिसाको अवधि सकिएका कारण ‘ओभरस्टे’ भएर हिंड्डुल गर्न असमर्थ भएको, जरिवाना सुरु भएको भन्दै आफूहरुले पाउनु पर्ने रकम दिलाइदिन २५ जना नेपालीले आबुधावीस्थित नेपाली दूतावासमा गत अगष्ट ३ तारिखमा पुन: निवेदन दिएका छन् । उनीहरुले कम्पनीले १० महिनासम्म विनाकाम क्याम्पमा बन्दी बनाइ राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाइदिन आग्रह गरेका छन् ।

    क्याम्पमा रहेका ति नेपालीका अनुसार अल फलाह सेक्यूरिटी कम्पनीको मालिकले चलिरहेको कम्पनीलाई योजनावद्ध रुपमा बन्द गराई निजकै भाइको नाममा अर्को सेक्यूरिटी कम्पनी नाइट बृज ग्लोवल सेक्यूरिटी दर्ता गरेको र अल फलाहमा काम गर्ने श्रमिकहरुलाई दिनुपर्ने रकम नदिइ नयाँ कम्पनीमा काम गर्न दवाव दिएको छ । नयाँ कम्पनीमा काम सुरु गर्न अल फलाहमा काम गर्ने श्रमिकहरुसँग भिसा वापत प्रतिव्यक्ति ४५ सय दिराम (लगभग नेरु १ लाख ६२ हजार) तिर्न भनिएको छ । उपदान वापतको रकम नलिई नयाँ कम्पनीमा आवद्ध नहुने भएमा राजिनामा दिन कम्पनीले दवाव दिएको छ । कम्पनीको दवावकै कारण आफूहरुले बाध्यतावस राजिनामा दिएको उनीहरुको भनाई छ । सो कम्पनीमा नेपाली बाहेक पाकिस्तान, फिलिपिन्स, भारत लगायतका मुलुकका गरी १ सय ५० जनाको हाराहारीमा यहि अवस्थामा छन् ।

    आफूहरुले पाउनु पर्ने रकम माग गर्ने श्रमिकहरुलाई कम्पनीले तर्साउने गरेको, महिनौंसम्म झुलाउने गरेको भन्दै ति नेपालीले गत फागुनमा पनि नेपाली दूतावासमा निवेदन दिएका थिए । तर त्यसको सुनुवाई नभएको भन्दै उनीहरुले पुन: निवेदन दिएका हुन् । यसबीचमा अल फलाहले मरियम अशमद सलिम एण्ड लिगल नामको कम्पनीलाई यो विषय सुल्झाउने जिम्मेवारी दिएको र सो कम्पनीले कानुनी झण्झटको त्रास देखाएर १० जना नेपालीलाई विना कुनै रकम नै नेपाल फर्काएको पीडितहरुले दूतावासमा बुझाएको निवेदनमा उल्लेख छ । कम्पनीका कारण आफूहरु मानसिक त्रासमा बस्नु परेको, भिसाको अवधि सकिन थालेका कारण थप संकट सिर्जना भएको भन्दै उनीहरुले गत अगष्ट ३ तारिखका दिन पुन: निवेदन दिएका हुन् । त्यसरी राखिएका मध्ये केहिको भिसाको अवधि सकिइसकेको छ । यसअगाडी सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको पत्र पठाउँदै आफूहरुले पाउनु पर्ने रकम दिलाइदिन आग्रह गरेका थिए ।

    युएईस्थित नेपाली दूतावासका श्रम काउन्सेलर दीनवन्धु सुवेदीले सो कम्पनीमा काम गरेका र रकम नदिइएका नेपालीहरुलाई न्याय दिलाउन दूतावासले निरन्तर प्रयत्न गरिरहेको बताए । “हामीले समस्या सुल्झाउन कम्पनी भ्रमण गर्दा कम्पनीका तर्फबाट कुनै सहयोग नभएपछि दूतावासले यहाँको परराष्ट्र मन्त्रालयमा लेखेर पठायौं”, सुवेदीले भने, “परराष्ट्र मन्त्रालयबाट त्यो विषय यहाँको श्रम मन्त्रालयमा पुगेको छ, हामी निरन्तर प्रयत्नमै छौं ।” युएईको सरकारी निकायमा यस विषयमा प्रत्यक्ष भेटेर पनि पीडितलाई न्याय दिलाउन आग्रह गरेको सुवेदीको भनाई छ ।

    सो कम्पनीमा झण्डै ७/८ बर्षदेखि काम गरेका नेपाली छन् । उनीहरुले काम छोडेर स्वदेश फर्किदा पाउनु पर्ने रकम ठूलो छ । सो रकम नदिन अल फलाहले बदमासी गरेको समस्यामा परेका नेपाली श्रमिकहरुको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने
    हरप्रहर

    गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    २ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution