निर्मल बाटिका एकेडेमी र विद्यालयहरुमा रोबोटिक्स कक्षा संचालनमा प्राविधिक सहयोग गरीरहेको संस्था वियोन्ड अपोजीको संयुक्त आयोजनामा अन्तर विद्यालय प्रतियोगिता सम्पन्न भएको छ ।
टोखा नगरपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले उक्त कार्यक्रमको उदघाटन गर्दै विद्यालयहरुले नियमित पठनपाठन सँगसँगै यसप्रकारको अतिरिक्त क्रियाकलापहरुमा पनि निरन्तरता दिनुपर्ने बताए । रोबोटिक्स कक्षा संचालन गरिरहेको उपत्यकका १८ विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधान्याधापक शिव थापाले गरेका थिए । प्रधान्याधापक थापाले विद्यालयले वियोन्ड अपोजिसँग मिलेर रोवोटिक्स कक्षा संचालन गरिरहेको साथै डिजी स्कुल, कारखाना साइन्स, निमा डिजिटल लर्निङ, इन्पाएर एजुकेशन लगायतका पार्टनहरुसँगको सहकार्यमा विद्यालयलाई पुर्णरुपमा प्रोग्रेशिभ विद्यालय बनाउने तर्फ लागेको बताए ।
वियोन्ड अपोजीका प्रमुख सुदिप विक्रम अधिकारी, टोखा न.पा शिक्षा शाखा अधिकारीहरु, वडाका जनप्रतिनिधि तथा विभिन्न सहभागी विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रत्येक विद्यालयका ६ जना प्रतिस्पर्धी थिए । उनिहरुलाई विभिन्न समस्याहरु दिइएको थियो । कोडिङ तथा सफ्टवेयरको माध्यमबाट प्रोग्राम डिजाइन गरी हार्डवेयर निर्माण गरी निर्णायकहरूसँग प्रस्तुतीकरण गर्नुपर्ने मुख्य काम प्रतिस्पर्धीहरुको थियो । कार्यक्रमको निर्णायक नास्टका वरिष्ठ बैज्ञानिक रोशन पाण्डे, पोखरा एट्रोनोमिकल सोसाइटीका अध्यक्ष महेश ठकुरी तथा स्मार्ट चेलीकी सिइओ प्रतिक्षा पाण्डे रहेका थिए ।
उक्त प्रतिस्पर्धामा विभिन्न विधामा विभिन्न अवार्डहरु वितरण गरिएको थियो । आयोजक निर्मल बाटिकाले वेष्ट टिम वर्क र कोडिङ तर्फ बेष्ट टाइम मेनेजमेन्ट अवार्ड पाएको थियो भने बेदब्यास बोर्डिङ स्कुल काठमाडौँ सिनियर तर्फ र साहारा राष्ट्रिय विद्यालय भक्तपुर जुनियर तर्फ उत्कृष्ट विद्यालय घोषित भइ योङ इन्नोभेटर अवार्ड प्राप्त गरे । कार्यक्रमका सभापति शिव थापा, विद्यालयका डाइरेक्टर कृष्ण बहादुर थापा तथा वियोन्ड अपोजिका सिइओ सुदिप विक्रम अधिकारीले विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३