काठमाडौं – चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।
एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग स्रोतले जानकारी दिएको छ ।
हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको र आइतबार दिउँसो दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेको स्रोतले जनाएको छ ।
चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३