पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले आफू मन्त्री नभएकाे अवस्थापनि मन्त्री भएसहरकाे काम गर्न तत्पर रहेकाे बताएका छन् ।
सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, धुस्कुन महेन्द्रप्रताप माध्यमिक विद्यालयकाे ६४ओैं स्थापना दिवस, अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मन्तव्य राख्दै बस्नेतले सरकारमा जाे भएपनि, आफ्नो पार्टी सरकारमा भएपनि, नभएपनि सिन्धुपाल्चोककाे हरेक क्षेत्रकाे विकासका लागि क्रियाशील भएर लागि पर्ने बताएका हुन् ।
“शिक्षाको क्षेत्रमा मैले सकेको वेलादेखि पढाउने मात्रै हैन, काठमाडौंका विद्यालय, कलेजहरुमा अध्ययनका लागि जेहेन्दार र गरिव विद्यार्थीलाई निरन्तर ३२ वर्षसम्म काम गरेकाे छु । उधाराे खाएर बसेर पढ्नु र पढाउनु पर्थ्याे, जनताका छाेराछाेरीलाई पढाए बाठा हुन्छन् भनेर पढ्न बञ्चित गर्ने राणा शासनकालमा त काम गर्ने व्यक्ति हुँ, अहिले त सकेजति गर्छु ।” उनले भने ।
उनले गफै दिएका भरमा विद्यालयका मञ्चमा भाषण गर्नेलाई अवसर दिनु उचित हैन भन्दै काम गर्नेलाई प्राेत्साहन गर्नुपर्छ भन्ने धारणा राखे ।
“मैले मन्त्रालयकाे जिम्मेवारी सम्हालेकाे वेला याे पालिका मात्रै ५ वटा स्वास्थ्य चाैकी भवन निर्माणका लागि पैसाकाे व्यवस्थापन गरिदिएको छु । स्वास्थ्य मन्त्री हुँदा एउटा माक्स र सिटामाेल बाँड्न नसक्नेहरुसंग मलाई तुलना गर्न मिल्दैन।” पूर्वमन्त्री बस्नेतले भने ।
उनले मन्त्री नभएपनि मन्त्री भएसहरकाे काम गर्न तत्पर छु भन्ने प्रतिवद्धता जाहेर गरे । विकासका सारा आयाेजनामा कुनै राजनीतिक कार्यकर्ताले दु:ख दिएभने भन्नुस् भन्दै जाे काेहीले पनि जनताकाे विकासकाे पैसा ठगेर खान पाइँदैन भन्नेमा ध्यानाकर्षण गराए । विद्यालयमा गुणस्तरीय शिक्षा दिन लाग्न प्रेरित गर्नुहुँदै उनले याे विद्यालयकाे वृत्ति विकासका लागि जीवनभर लाग्छु भन्ने प्रतिवद्धता व्यक्त गरे ।
“त्रिपुरासुन्दरी, बाह्रबिसे र भाेटेकाेशीका १२ कक्षासम्म नि:शुल्क शिक्षा लागू भएको छ, संविधानकाे धारा ३५ मा शिक्षा र स्वास्थ्य नि:शुल्क भनिएको छ, तपाईंहरुकाे आशिर्वाद पाएकाे छु, देशैभर लागू गराएरै छाेड्छाैं । काम नगर्ने र गफ लगाउनेलाई नबाेलाउनुस्, मिठा कुरा गरेर पछि लगाउनेकाे काम छैन । सबै भन्दा ठूलाे भनेकाे राजनीति हाे, यसैलाई गलत मान्छेहरुले बिकृतिका थलाे बनाइरहेका छन्, अब हामीले सुधार्नुपर्छ ।” उनले भने ।
बागमती प्रदेशका पूर्व बन तथा वातावरण मन्त्री मसिना खड्काले विद्यार्थीहरुलाई सकरात्मक कुराहरु सिकाउँदै प्राेत्साहित गरेर सिक्ने वातावरण तयार गर्न आग्रह गरिन् ।
त्रिपुसुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले पालिकाको माताहतमा रहेको यस विद्यालयलाई आवश्यक पर्ने जनसक्ति, भौतिक पूर्वाधार शिक्षण सामाग्रीहरु उपलब्ध गरायर स्थानिय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा हर तरहरले सहयोग , समन्वय र सहकार्य गर्ने बताइन् । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले सामुदायिक विद्यालयमा आकर्षक जगाउने गरी सिकाई प्रक्रियालाई सुधार गर्दै समय सापेक्षी दक्ष जनशक्ति उत्पादन गर्न कक्षा काेठालाई प्रभावकारी बनाउन आग्रह गरिन् ।
विद्यालयका प्रधानाध्यापक सुरज भट्टराईले हाल १९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेकाे यस विद्यालयमा बाल विकास देखि १२ कक्षासम्म दुई सय ६३ जना विद्यार्थीहरु अध्ययनरत रहेकाे पनि जानकारी गराइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३