Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २६, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१९ घण्टा अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१९ घण्टा अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

‘राजनीतिले स्वीकार गरे कृषि क्षेत्रमा क्रान्ति सम्भव छ’

प्रवीण पौडेल काठमाडौँ प्रकाशित मिति: २०८१ बैशाख २, आईतबार (१ साल अघि)

  • ४६२ पटक पढिएको
  • देशमा उत्पादन बढाई विदेशको कमाई स्वदेशमै रोक्न एकजुट हुन जरुरी छ । हामीसँग देश बिदेशको अनुभव छ । हामीसँग इच्छाशक्ति पनि छ । हामीसँग लगानी गर्न सक्ने क्षमता पनि छ ।

    हामीसँग श्रम शक्ति पनि छ । हामीसँग आवश्यक ठाउँमा कुरा पुर्याउन सक्ने पहुँच पनि छ, पुर्याएका पनि छौं । तर, पनि हामी अगाडि बढ्न किन सकिरहेको छैनौं ? यो हाम्रो सामुन्ने उभिएको गम्भीर सवाल हो । यस्ता सवालहरूको जवाफ खोज्दै जाने हो भने हाम्रो कृषि क्षेत्रलाई राजनीतिले स्वीकार नगरेको ठहर गर्न सकिन्छ ।

    एकातिर उत्पादनशील जमीन बाँझो हुने क्रम बढ्दो छ भने अर्कोतिर अधिकांश जमीनबाट पर्याप्त उत्पादन लिन सकिरहेका छैनौं । युवा रोजगारको खोजीमा विदेशिएका छन् भने बाँकी रहेका युवाहरु स्वदेशमै रोजगारको निम्ति भौतारिरहेका छन् । त्यसैले यसमा व्यवस्थापकीय पक्ष कमजोर रहेको देखिन्छ ।

    श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको रोजगार बोर्डले मात्र पनि यो चालु वर्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १५ करोड बजेट छुट्याएको छ । त्यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, सिटिईभीटी, घरेलु, सीप विकास, उद्योग तथा वाणिज्य मन्त्रालय, स्थानीय तह र अन्य सरकारी तथा गैरसरकारी निकायबाट समेत युवाहरुको निमित्त सीपमूलक तालिम, मनोपरामर्श तथा प्रशिक्षक प्रशिक्षण तालिम लगायत व्यवसाय सुरुवाती रकमका नाममा अरबौं खर्चिएका छन् ।

    तर, परिणाम खोई ? सुनिन्छ हरेक वर्ष ५ लाखभन्दा बढी युवालाई सीपयुक्त हुनेगरी सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न सीपमूलक तालिम दिइन्छ । तर ती सीपयुक्त युवा किन स्कील वर्करमा नभई सीप नभएको वर्करको भिसामा विदेशीन बाध्य भइरहेका छन् ?

    वर्षेनि तालिम कसलाई दिँदैछन् ती सरकारी तथा गैरसरकारी निकायले ? के साँच्चै यो तथ्यांकअनुसार युवा सीपयुक्त भएर स्वरोजगार भएका छन् त ? के रकम खर्च गरे अनुसार राष्ट्रिय आयमा वृद्धि भएको छ त ? चालु आर्थिक वर्ष २०८०/०८१ मै कृषि मन्त्रालयले कृषि क्षेत्रमा लागेका व्यवसायी रिटर्नी लगायतको नाममा ५० प्रतिशतको अनुदान दिने कार्यक्रम ल्याएको थियो ।

    त्यसैगरी उत्पादन, प्रशोधन र बजारीकरणका लागि बिउपुँजी कोष परिचालन शीर्षकमा ५ करोड, उत्पादनमा आधारित मल अनुदान कार्यक्रममा ५ करोड, अण्डासंग सम्बन्धित सहकारीलाई लागत साझेदारीमा प्रविधि र पूर्वाधार सहयोग कार्यक्रममा ३ करोड रुपैयाँ समेत गरी जम्मा १३ करोड रुपैयाँ राज्यको ढुकुटीबाट अनुदान दिने गरी सूची प्रकाशित भएको थियो ।

    के यो १३ करोड रुपैयाँ राज्यको ढुकुटीबाट बाँडेर कृषि उत्पादन वृद्धि भयो त ? युवा पलायनमा कमी आयो त ? राष्ट्रिय उत्पादन वृद्धि भयो त ? सोच्नु पर्ने यहाँनेर छ । अनुदान, सीपयुक्त तालिम, पेशा र व्यवसाय स्थल फरक फरक ठाउँमा रह्यो । कार्यक्रममा उल्लेख गरेअनुसार लक्षित वर्गमा अनुदान पुग्न सकेन पुगे पनि । मात्र अनुदानको निमित्त गरिएको वर्गमा अनुदान पुगेको प्रस्ट बुझ्न सकिन्छ ।

    राज्यले ढुकुटीबाट वर्षेनि अरबौं रकम अनुदानमा बाँडिरहेको छ । तर, पनि जीविकोपार्जनका निमित्त अन्य उपाय नभएर बाध्यताले लागेका कृषक तथा अन्य उद्योगका उद्योगको अवस्था भने उत्पादित बस्तुको बाजार नपाएर सडकमा फ्याँक्नु परेकोले उनीहरूको अवस्था झन् दयनयि बन्दै गएको छ ।

    ती कृषक तथा उद्योगीलाई त कृषि तथा अन्य पेसा भनेको नखाउँ भने दिन भरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तो भएको छ । अहिले कृषि उत्पादनमा समेत आयातमुखी छ । विदेश जान बाँकी रहेका नचाहेका वा विभिन्न कारणले नसकेर स्वदेशमा बसेका नेपालीहरू स्वदेशी उत्पादन कम भएकोले विदेशबाट आयातित अत्यधिक विषादी मिसावट भएका अखाद्य खाद्यान्नको कारणले अस्वस्थ भएर अस्पतालको शैयामा छटपट्याइरहेका छन् ।

    हेर्दा स्वास्थ देखिने मानिस पनि अत्यधिक विषादी मिसावट रहेको खाद्यान्न खाएको कारण सधैं तनावयुक्त साथै मानसिक रोगी जस्तो देखिन्छ । तनावमा रहेको अवस्थामा ठीक बेठीक छुट्याउने क्षमतामा ह्रास हुन्छ । उसले गरेको काममा आवश्यक निखारमा कमी हुन्छ भने तनावयुक्त व्यक्तिले बनाएको खानाले समेत मनमा थप अशान्त बनाउने विभिन्न खोज र अनुसन्धानले बताएको छ ।

    देशलाई विकाशको सही गतिमा लान खाद्यान्न नै सुधार्नुपर्छ । विकासको पहिलो कडी नै विषादीरहित कृषि उत्पादन र सकेसम्म खाना बनाउने अल्मुनियमको भाडाको विकल्प खोज्नु हो । श्रृजनात्मक सोचको विकासको निमित्त हाम्रो खानपिनमा नै सुधार हुनुपर्दछ ।

    त्यसको निमित्त देशले कृषि उत्पादनलाई वस्तुपरक भै प्राथमिकतामा राख्नुपर्दछ । अहीले जस्तो एकातिर कृषिमा अनुदान अर्कोतर्फ कृषियोग्य जमीनमा अपर्याप्त उत्पादन वा बाँझो भने अर्कोतर्फ युवा बेरोजगार हुँदा घर खर्च चलाउन नसकेर नवदम्पती बिछोडिएर तथा नावालक बच्चा छोडेर रोजगारको खोजीमा विदेशिनु परेको अवस्था छ ।

    यो अवस्था साँच्चिकै चाहने हो भने परिवर्तन गर्न सकिन्छ । यसमा राजनैतिक सोच परिवर्तन हुन जरुरी छ । देशको यो दयनीय अवस्था परिवर्तन गर्न पहिले त राजनीतिज्ञको मन छुन जरुरी छ । राजनीतिक रूपमा कृषि उत्पादन हुनु जरुरी छ भनेर स्वीकार्य हुनु पर्दछ । त्यपछि मात्र हामीले सोचे अनुसार आफ्नै देशको हिमालको फेदीको कृषि उत्पादन त्यो पनि विषादीरहित खान पाइन्छ ।

    तब मात्र हामी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन सम्भव हुन्छ र त्यो समयमा बनाएका हाम्रा योजना देशभक्ति वस्तुपरक योजना हुनेछन् न कि पेट भोको राखेर हेर्ने भ्यू टावर, समुन्द्र बिनाको पानी जहाज र जहाज बिनाको विमानस्थल ।

    कुनै पनि योजनाको अवस्था हेर्ने केही महत्वपूर्ण सुचकांकहरु हुन्छन् जसले ती योजना सफल र विफल हुने पूर्व अनुमान लगाउन सकिन्छ । त्यसै गरी हाम्रो देशमा योजनाहरुले सोचेअनुसार प्रतिफल दिन नसक्नुका पछाडि विभिन्न कारणहरू छन् । तिनको समाधान आवश्यक छ ।

    पहिलो त, राजनीतिक रूपमा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्दछ र राष्ट्रिय आयमा टेवा हुन सक्ने व्यवसायलाई राज्यले विशेष सुविधाको व्यवस्था गर्नुपर्दछ । तर, अहिलेको अवस्था भने राजनीतिले व्यवसायलाई स्वीकार गर्न नसकेको अवस्था हो ।

    मुलुकको आर्थिक अवस्था, प्रशासनिक, कानून र भावनात्मक सम्बन्धमा समेत अहिले देशको अवस्था कृषि कार्यमा लगानी बढाउनका लागि अनुकूल छ । साथसाथै पर्यावरणीय हिसावले यो दिगो र भरपर्दो हुने निश्चित छ ।

    तर यी सबै क्षेत्रमा सकारात्मक थालनीका लागि मुख्यरुपमा राजनीति नै मुख्य बाधक बनेको अवस्था छ । जसले गर्दा कृषि उत्पादनलाई अगाडि बढाउन सकिरहेको अवस्था छ ।

    त्यसकारण यदि राजनीतिमा कृषि क्षेत्र स्वीकार्य भएमा प्रशासनिक क्षेत्र सुध्रिन्छ, यति भएमा उत्पादनशील माटो सुधारेर १÷३ वर्षभित्र हिमालको फेदीमा उत्पादन भएको कृषि उत्पादन आफैँले उपभोग गर्दै दुवै, निर्यातमा कमी गराउँदै अन्य देशमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै हाम्रो कृषकको आयमा वृद्धि गराउन सकिन्छ । त्यसो गरियो भने कृषिको क्रय शक्ति वृद्धि हुन्छ र अन्य उद्योगमा समेत हाम्रो देश अगाडि बढ्न सक्दछ, जसरी स्वीटजरल्याण्ड अगाडि बढेको थियो ।

    आर्थिक रूपमा आफै सक्षम भएपछि अरूको सहरा नलिएपनि हुन्छ र विदेशीले चामलमा लगायो, खाद्यान्न तरकारी आयातमा रोक लगायो वा लगाउँला अब खाना नपाइने भयो भन्ने त्रास पनि रहँदैन साथै विदेशीले सरकार ढाल्यो र बनायो भन्ने सुन्नु र सुनाउनु पनि पर्दैन । त्यसैले कृषिबाट नै किसानहरूको मात्रै होइन, सिंगो मुलुकको क्रय शक्तिमा सुधार गर्न सकिन्छ ।

    कृषिबाटै देशलाई समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ । त्यसको लागि अहिले हामीसँग श्रम गर्न सक्ने युवा पनि थिए । त्यसका लागि केवल देशले अहिले दिने अनुदान रकमलाई व्यवस्थित मात्रै गरेपनि पुग्छ । देशमा अहिले जुन युवा शक्ति छ, भोलि त्यो रहदैन, अहिलेका युवा अब करिब १० वर्ष सम्म मात्र रहने छन् ।

    त्यसपछि श्रम गर्न सक्ने युवा हाम्रो देशमा हुने छैन किनकि नवजात शिशु विदेशमा जन्मन थालेका छन् । त्यो बेला देशले चाहेर पनि श्रम शक्ति पाउने छैन । विदेशबाट श्रम शक्ति आयात गर्न कति सक्ला सोच्नु पर्ने हुन्छ । त्यसैले अहिले यो देशमा रहेका युवालाई कृषिमा आकर्षित गर्न राजनीतिक स्वीकारेर देशले वातावरण मिलाए सकिन्छ । देशले आवश्यकता महसुस गरे हामी हामीसँग योजना छ, हामी निस्वार्थ देश र कृषि क्रान्तिको निमित्त सहयोग गर्न तयार छौं ।

    (लेखक पौडेल नेपाल रिटर्नी एशोसिएसनका केन्द्रीय अध्यक्ष हुन् ।)

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १९ घण्टा अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution