काठमाडौं – यातायात व्यवस्थापन विभागले व्यक्तिगत प्रगोजनका लागि दर्ता भएका सवारीसाधन आफूखुसी भाडा तोकी प्रयोग नगर्न सूचना जारी गरेको छ ।
उक्त सूचनाले टुटल पठाओ जस्ता राइड सेयरिङ गर्ने सवारीका साधनलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।
उक्त सूचनामा भनिएको छ, “विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का दफा १२ को उपदफा १ मा भएको ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनका निम्ति प्रयोग गर्न नपाइने’ भन्ने व्यवस्था विपरीत हुन जाने हुँदा तेसो गरेको पाइएमा सोही ऐन बमोजिम कारबाही गरिने र सो सम्बन्धमा यस विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३