नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटर एक हजार नौ सय पाँच निर्धारण भएको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७