काठमाडौं – आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।
नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टीम्स कार्ड वितरण गर्दै आएका छन् । यो समय नेपालमा पदयात्रामा जाने मूख्य मौमस हो ।
पर्वतारोहण सिलसिलामा आउने पर्यटक पनि पदयात्रा गर्दै जाने हुँदा पदयात्रा मार्ग यस समय भरिभराउ हुनुपर्ने थियो । नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै टिम्स कार्ड वितरण अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ । सरकारले कोरोना रोगविरुद्ध लिएको नीति कार्यान्वयन गर्न टीम्स कार्ड वितरण बन्द गरिएको बोर्डको भनाइ छ ।
पदयात्रा बन्द भएसँगै यसले पदयात्रा मार्गमा पर्ने सयौं होटेल तथा रिसोर्टको व्यापार ठप्प भएको छ । शुक्रबार नै नाम्चेका होटेल व्यवसायीले सबै होटेल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय लिइसकेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३