धनगढी – नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेको भए पनि भारतका विभिन्न शहरबाट कैलाली कञ्चनपुरका नाका हुँदै आउने क्रमजारी रहेको छ ।
सोमबार राति ८।०० बजे धनगढीको त्रिनगर नाकामा आएका भण्डै तीन सय नेपालीहरु अहिले जर्वजस्ती नेपाल प्रवेश गरिरहेका छन् ।भारतकाविभिन्न ठाउँबाट आएका नेपालीहरु सोमबारदेखि सिमामा रोकिएका र रातभर दुई देशको सीमा क्षेत्रको सडकमै बसेका थिए ।
सरकारको आदेश नआउँदासम्म नेपाल पस्न दिन सकिदैन भन्दै उनीहरुलाई त्रिनगर प्रहरी चौकीले रोकेर राखेको थियो । नेपाल जान पाउनु पर्यो भन्दै होहल्ला गरेर बस्नेमा सानासाना बालबालिका सहितका महिला समेत छन् । सोमबार साँझ पनि धनगढीको त्रिनगरबाट दुई हजार पाँच सय नेपाली नेपाल फर्किएका थिए ।
भारतका विभिन्न शहरबाट आएकाहरुको स्वास्थ्य परीक्षणका गरेर सोमबार विहान र दिउँसो गरेर दुई पटक नेपालीहरुलाई नेपालआउन दिइएको थियो ।यस्तै सोमबार गड्डाचौकी नाकाबाट पनि ८९३ नेपालीहरु घर फर्किएका छन् । कञ्चनपुरैकै व्रहमदेवमण्डीबाट पनि ७५ जना नेपाली भारतबाट नेपाल आएका छन् ।
सोमबार लामो समय होहल्ला पछि भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्यजाँच गरेर नेपालआउनदिइएको थियो ।
भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस नत्र नेपाल जान देउ भनेर होहल्लागर्दे सिमावारी आएका छन् । प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३