काठमाडौं – सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ ।
एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् ।
स्टुडियोबाट प्रावधिकले मेयर चौधरीलाई फोन गर्छन् र आफू टेलिभिजनबाट भन्छन् । मेयर चौधरी ‘के रे’ भन्दै रुखो जवाफ फर्काउँछन् ।
प्रावधिकले फेरि टेलिभिजनबाट भन्छन् । त्यसपछि मेयर चौधरीले फोन राख मु... भन्छन् । प्रावधिक हैन यो हाम्रो … भन्दै कुराकानी गर्नका लागि आग्रह गर्न खोज्छन् । मेयर चौधरी अश्लील शब्द – फोन राख तेरो बाउलाई फोन गर्छस मा…’ प्रयोग गर्छन् ।
इटहरीका मेयर चौधरी यसअघि पनि पत्रकारलाई लोपारिदिने अभिव्यक्तिका कारण विवादमा आएका व्यक्ति हुन् ।
पत्रकार महासंघ सुनसरी शाखाले बिहीबार विज्ञप्ति निकालेर मेयर चौधरीबाट पटक-पटक प्रेस विरोधी दुर्व्यवहार हुँदै आएको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्य नियन्त्रणगर्न समेत पत्रकार महासंघ जिल्ला शाखाले माग गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३