काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ज्यालादारीको भरमा बाँच्दै आएका र न्यून आए भएका परिवारलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
देउवाले बिहीबार सामाजिक सञ्जालमार्फत कोरोनाबाट सुरक्षित भएर पनि कसैले भोकमरीको शिकार हुनुनपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विट गर्दै भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यूनआय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३