नयाँ दिल्ली – भारतले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने डायग्नोस्टिक किट्सको निर्यातमा समेत रोक लगाएको छ । जबकि करिब दुई साताअघि नै भारत सरकारले अत्यावश्यक भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा पनि रोक लगाइसकेको छ ।
निर्यातमा रोक लगाइएको परीक्षण किट्स विशेषगरी बिरामीमा देखिएको संक्रमणको पहिचान गर्न प्रयोग गर्ने गरिन्छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै त्यस्तो रोक लगाउने निर्णय गरेको हो ।
‘परीक्षण किटहरू ९परीक्षण वा प्रयोगशालामा प्रयोग गरिने कुनै पनि पदार्थ० को निर्यातमा तत्काल रोक लगाइएको छ,’ महानिर्देशनालयद्वारा जारी सूचनामा भनिएको छ ।पछिल्लो निर्णयसँगै भारतबाट हुने परीक्षण किटको निकासीमा रोक लागेको आजको कान्तिपुर दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७