काठमाडौँ – काठमाडौँ महानगरको १९ वडाले राहत वितरण गरेको छ ।
आफ्ना वडामा रहेका विपन्न र कोरोनाका कारण भएको बन्दाबन्दीले मर्कामा परेर भोकै बस्न नपरोस भनेर वडाले राहत वितरण गरेको हो ।
पहिलो चरणको राहत वितरणमा छ सय जनालाई राहत वितरण गरिसकेको र यो दोस्रो चरणको राहत वितरण रहेको वडाध्यक्ष शशिलाल श्रेष्ठले बताए । राहतको जरुरत भएका १९ वडामा बसोबास गर्ने बहालवाला र घर धनी दुवैलाई राहत वितरण गरिएको र लकडाउनको अवस्था हेरेर भावी राहत वितरणमा केही परिमार्जन हुन सक्ने पनि उनले जानकारी दिए ।
पाँच केजी चामल, एक केजी दाल, आधा लिटर तेल र एक केजी नुनको राहत प्याकेज जरुरत स्थानियलाई बितरण गरिएको छ ।
अपुग मात्रामा राहत रकम विनियोजन भएकाले जरुरत नभएकाले राहत सामग्री नलिदिन पनि वडाका स्थानीय मनोज नेवा खड्गीले बताए । संयन्त्रको अभावले राहत वितरणमा वडाको केहि त्रृटि रहेको पनि उनले बताए ।
वडाको संयन्त्रले सर्वदलिय छलफलमार्फत नै राहत वितरण गरेको वडाका सदस्य चन्द्रमान डंगोलले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३