काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ ।
सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने बताए ।
विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७