काठमाडौं – काठमाडौं महानगरपालिकाले घर बहाल कर छुट दिने भएको छ।
कोभिड–१९ को प्रभावले घर भाडामा बस्ने नगरबासीलाई पर्न गएको असरलाई मध्यनजर गर्दै घर धनीले कम्तीमा १ महिनाको घरभाडा छुट दिएमा आर्थिक वर्ष २०७६–७७ बुझाउनु पर्ने बार्षिक घर बहाल करमा १० प्रतिशत छुट दिइने महानगरले बताएको छ।
त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा छुट नलिई कर चुक्ता गरेका करदाताले आर्थिक वर्ष २०७७–७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा १० प्रतिशत छुट दिई कर मिलान गरिने महानगरको आर्थिक विधेयकमा उल्लेख छ।
त्यसैगरी बार्षिक १ लाख भन्दा कम बहाल आम्दानी भएका र अन्य आम्दानीका स्राेत नभएका करदाताले कर छुट माग गरेमा सम्बन्धित वडा समितीको सिफारिसमा चालू आर्थिक वर्षमा लाग्ने १ वर्षको घर बहाल कर छुट महानगरले बताएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७