साउदी अरब – साउदी अरेबियामा कोरोना भाइरसको प्रभावबाट अलपत्र परेका नेपाली हिमालयन एरलाइनस र नेपाल एरलाइनसको चार्टर उडान गरी स्वदेश फिर्ता भएका छन् । फिर्ता हुनेमा ८ सय ९ जना रहेका छन् ।
दुतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजारभन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताको लागि दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले तत्कालका लागि २ हजार ८ सय ७४ जनाको नामावली सार्वजनिक गरेको छ । लामो समयदेखि दुतावास सेल्टरमा रहेका ४ जना महिला पनि यात्रामा छन् ।
साउदी सरकारले अकामा नवीकरण नगरेका ७४ जना नेपालीका लागि बहिगर्मन भीषासमेत जारी गरेको छ । जसका कारण उनीहरू चाडै नै स्वदेश फिर्ता हुने भएका छन् ।
कामको शिलशिलामा मृत्यु भएका १ सय २० जना नेपालीको शव भने साउदीमै रहेको छ । दुतावासले यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराएको जानकारी दिएको छ ।
विदेशमा अलपत्र परेर महंगो टिकटको शुल्क र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि लगभग नेपाली ६ हजार तिर्नु परेकोले फर्किने नेपाली निराश भएको बताउँछन् । उनीहरुले सरकारले सहयोग नगरेको गुनासो पोखेका छन्। पछिल्लोपटक सरकारले निर्धारण गरेको साउदीको रियाद र जेद्धा शहरबाट एकतर्फी हवाई टिकटको मुल्य लगभग ६८ हजार नेपाली रहेको समााचार आजको अन्नपुर्ण पोस्टले खबर छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७