काठमाडौँ – आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।
पार्टीभित्र राजिनामा मागेपछि ओली संकटमा छन् । यस्तो अवस्थामा ओली अनेक समूहसँग भेटेर रणनीति बनाउन व्यस्त छन् । त्यसमध्ये सडक आन्दोलनलाई पनि उनले कार्ययोजनामा राखेका छन् । बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । ओलीलाई भेट्न तत्कालिन एमाले निकट युवा संघ तथा अनेरास्ववियुका नेताहरु बालुवाटार पुगेका थिए ।-दृष्टिबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७