काठमाडौँ – पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।
एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौँमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।
रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गरे । उनले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताए । उनले १२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना सर्यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भने ।
डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिए। केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७