काठमाडौं – कोरोना महामारीको कारण डेरावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।
कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।
उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् ।
बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् । कार्यालयको आवश्यक सामान ४/५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ । आजको राजधानी दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७