काठमाडौं– बैंककबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने भएपनि उनीहरुले प्रतिव्यक्ति ९९ देखि १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख डिआईजी कमल जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित सातजना रहेका छन् ।
पक्राउ पर्नेहरुमा आनन्दमोहन सिंह, विनोद बानियाँ, समिर तामाङ, रवि श्रेष्ठ, राजकुमार आचार्य, दीपबहादुर तामाङ र सिंहबहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको छुट्टाछुट्टै उडानबाट काठमाडौं आएका उनीहरुको साथबाट प्रहरीले बाला ३ थान र सिक्री ७ थान बरामद गरेको छ ।
पार्किङ एरियामा एकअर्काको सुन छुट्याउँदै गर्दा बुधबार उनीहरु पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट ७ सय १६ ग्राम अबैध सुन बरामद गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३