चितवन – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताएका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवनले बुधबार संयुक्त आयोजना गरेको पत्रकार भेटभाटमा गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण गर्न थालिएको बताए ।
‘पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ । अपराधीलाई कानुनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर लागिरहेको छ’ गृहमन्त्री थापाको भनाई छ । उनले अपराधी पत्ता लगाएरै छाड्ने भन्दै छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै अनुसन्धानलाई जारी राख्ने बताए ।
यसअघि निर्मला पन्त जस्ता धेरै नारीहरु बलात्कृत हुदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको गृहमन्त्रीको दावी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७