काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ ।
दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको बताइएको छ ।
वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टीभित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेश संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
प्रधानमन्त्री ओली राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार मात्रै स्वदेश फर्किएकाथिए भने प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरबाट असोज १५ मा स्वदेश फर्किएका थिए ।
दुबै अध्यक्ष विदेश भएका बेला नेकपाका तेस्रो वरियताका नेता माधव नेपालले प्रदेश कमिटी गठनप्रति आपत्ति जनाउदै स्थायी समिति सदस्यहरुको भेला गरेका थिए ।
नेपालले भेला बोलाएपछि सिंगापुरबाट अध्यक्ष प्रचण्डले नेपाललाई फोन गरेर सचिवालयले गरेको निर्णयमा पुनर्विचार गर्न सकिने आश्वसन दिएका थिए ।
दुई नेताबीच पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न स्थायी समिति बैठक चाँडै बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३