काठमाडौँ, असोज २१ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चिनियाँ जहाज वाई १२ मार्फत साढे दुई वर्षपछि सोलुखुम्बुको लुक्ला विमानस्थलमा नियमित उडान सुरु गरेको छ ।
यस अघि ट्वीनअटरले उडान गर्ने गरेको निगमले १८ सिट क्षमताको वाई १२ ई नामक जहाजबाट पदयात्रा तथा पर्वतारोहणको लागि प्रमुख पर्यटकीय गन्तव्य मानिने लुक्ला उडान सुरु गरेको हो । निगमले शनिबार ३ वटा उडानसहित लुक्का उडान गरेको निगमका प्रवक्त अशोक सिग्देलको भनाइ छ ।
दुर्गम क्षेत्रकै लागि उडान गर्ने भनेर ल्याएको चिनियाँ जहाज भित्रिएको चार वर्षमा दुर्गम क्षेत्रसम्म त उड्यो तर आधा भन्दा पनि कम यात्रु बोकेर । काठमाडौबाट १२ जना यात्रु बोकेर लुक्ला पुगेको यो जहाजले क्षमताभन्दा निकै कम यात्रु बोक्न सक्ने भएको (लोड पेनाल्टी)का कारण फर्कदा भने जम्मा ७ जनामात्रै लिएर आउँछ ।
यात्रु क्षमता १८ जनाको भएपनि जहाजले ११ वटा सिट खाली राखेर आउँछ । जादाँ र आउँदा ३६ जना बोक्नुपर्ने जहाजले सम्मा १९ जना मात्रै बोक्छ । समग्रमा निगमको यो जहाजले दुईतर्फी उडानमा गरेर आधा क्षमता मात्रै उपभोग गर्छ । यात्रु नभएर होइन्, हुँदा पनि यसको क्षमतै कमजोर भएकोले थोरै यात्रु बोक्ने गरेको निगमका अधिकारी बताउँछन् ।
निगमका अनुसार यो जहाज उडाउदा पनि घाटा उडाउँदै नउडाउँदा पनि छ । जहाज उडाउदा लागत धान्नै नसक्ने, नउडाउँदा आम्दानी शून्य र जहाजको ल्याण्डिङ, पार्किङ, ऋणको व्याज, कर्मचारीसहतिमा हुने खर्चका कारण घाटा हुन्छ ।
निगमले वाई १२ जहाजबाटै ताप्लेजुङमा पनि बुधबार र शुक्रबार नियमित उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । यो जहाजले हुम्ला, मुगु, जुम्ला, डोल्पा, मुस्ताङ, दाङसहितका विमानस्थलमा सफल उडान परीक्षण गरिसकेको छ । यो जहाज ती विमानस्थलमा सहजै जान र आउन सक्छ तर आधा भन्दा कम यात्रु बोकेर ।
निगमले यस अघि २१ सिट क्षमताको ट्वीनअटर जहाजबाट उडान गर्ने सबै ठाँउमा वाई १२ लैजान सक्ने गरी परीक्षण गरेको छ । तर, ट्वीनअटर पूर्ण क्षमतामा उड्न सक्छ । जसले गर्दा लाभ पनि हुन्छ । वाई १२ भने आधा क्षमतामा उड्ने र घाटा पनि हुन्छ ।
हाल निगमले करिब २० स्थानमा आन्तरिक उडान गरिरहेको निगमले आधा दर्जन ठाउँमा परीक्षण उडान पनि निममित उडान एकपनि अर्को गन्तव्यबाट गर्दै छ ।
परीक्षण उडान भएका सबै स्थानमा अब नियमित उडान गर्ने तयारी निगमले गरेको छ । परीक्षण उडान भएका डोल्पा र ताल्चामा सकेसम्म छिटो नियमित उडानको तयारी हुँदैछ । त्यसबाहेक अन्य स्थानमा पनि परीक्षण गरी उडानको योजना बनाइरहेको छ ।
तर, निगमले अन्तर्राष्ट्रिय उडानबाट कमाएको नाफा आन्तरिकमा लगानी गरेर मात्रै सञ्चालन गर्न सक्छ । यस्तो घाटाको उडान कति समयसम्म भन्ने पनि प्रश्न उठ्न सक्छ । निगमले आफैंले धान्न सक्दैन । निगमसँग हाल आन्तरिकतर्फ छवटा चिनियाँ जहाज र तीनवटा ट्वीनअटर जहाज छन् ।
त्यसमध्ये चीनबाट ल्याइएका दुईवटा वाई १२ र एउटा एम ए ६० जहाज मात्र उडानयोग्य छन् । बाँकी सबै ग्राउन्डेड (विग्रिएर बसेका)छन् । निगमको आन्तरिक उडान नियमति उड्दा त सेवामूलक उडान गर्नुपर्ने र सरकारले तोकेकै शुल्कमा उडान गर्नुपर्ने बाध्यताका कारण बार्षिक करोडौ घाटामा छ । अब उडान नै नियमति गर्नुपर्ने र त्यसमा पनि आधा क्षमतामात्रैको यात्रु बोक्दा निगमले कसरी लाभ गर्न सक्छ ?
निगमको जहाज उडिहाले पनि यात्रुमा विश्वास छैन । कतिबेला बिग्रने हो वा पाइलट अभाव तथा अन्य कारण देखाएर जुनसुकै बेला उडान रद्ध हुन्छ भन्ने शंका निमयमा छ । यात्रुको विश्वास नभएको कारण पनि निगमलाई जहाज उडानमा थप चुनौति दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३