Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२0 घण्टा अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

४ दिन अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

६ दिन अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

२ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

२ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

३ हफ्ता अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

४ हफ्ता अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

२ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

२ हफ्ता अघि
४

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

४ हफ्ता अघि
५

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

३ हफ्ता अघि
६

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ हफ्ता अघि
७

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

४ दिन अघि
९

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

६ दिन अघि
१०

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२0 घण्टा अघि

लोडसेडिङ नहुँदा पनि किन काटिन्छ बिजुली ? कारण यस्तो !

प्रकाशित मिति: २०७५ पौष २५, बुधबार (६ साल अघि)
Kulman Ghising

  • ३६२ पटक पढिएको
  • काठमाडौं – लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । विद्युत प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरण लाइनमा आउने समस्याका कारण बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ ।

    यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन प्राधिकरणले आक्रमक रुपमा सुधार गर्न थालेको छ । यस वर्ष मात्रै २ हजार ट्रान्सफर्मर फेरेको छ प्राधिकरणले ।

    नेपाल विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख हरेराज न्यौपानेका अनुसार यो वर्ष मात्रै देशभर ५ हजार ट्रान्सर्फमर फेरिँदैछ । अर्को वर्षसम्म १४ हजार ट्रान्सर्फमर फेरिसक्ने तयारी छ ।

    ‘जाडोमा स्थानीय क्षेत्रमा लोड बढ्छ । धान्न नसकेपछि सो क्षेत्रको ट्रान्सर्फमर पड्कन्छन्, त्यसैले माग धेरै भएका ठाउँमा ठूला क्षमताका ट्रान्सर्फमरहरु राख्दौ छौं,’ उनले भने,’कतिपय ठाउँमा नयाँ राख्दैछौं भने कतिपय ठाउँमा क्षमता बढाएर फेर्दैर्छौं ।’

    न्यौपानेका अनुसार पछिल्ला दिनमा विभिन्न क्षेत्रमा ट्रान्सर्फमर फेर्ने काम तीव्र पारिएको छ । ट्रान्सर्फमर फेर्ने कामका लागि केही समय बिजुली काट्ने गरिएकाले यसलाई सकारात्मक रुपमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    ‘सिस्टमलाई विश्वसनीय बनाउन ट्रान्सर्फमर फेर्दा काटिने लाइनलाई लोडसेडिङ भन्न भएन । अहिले हामीलाई मागअनुसार वितरण गर्न बिजुलीको अभाव छैन’ उनले भने, ‘स्थानीय क्षेत्रमा जोडिएका ट्रान्सर्फमरमा धेरै लोड पर्दा पडि्कने समस्या ब्याप्त भएपछि लोड एनालाइसिस गरेर फेर्ने काम पनि तीव्र परेका छौैं ।’

    जाडो मौसममा हिटर, एसी, इलेक्टि्रक गिजरलगायत धेरै विजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरभन्दा बढी विजुली खपत हुने अवस्था आउँछ । त्यसले स्थानीय वितरण प्रणालीमा चाप पर्छ र ट्रान्सर्फमर बिग्रन्छ ।

    प्राधिकरणले गत दुई-तीन वर्षमा नयाँ ट्रान्सर्फमर फेर्न सकेन । यो वर्ष भने १४ हजार ट्रान्सर्फमर ल्याउने प्रक्रिया अघि बढेको छ । नेपाल आइसकेका २ हजार ट्रान्सर्फमर स्टिममा जोडिसकिएको छ भने ५ सय ट्रान्सफर्मर अहिले हेटौंडास्थित केन्द्रीय वर्कसपमा परीक्षणका क्रममा छन् ।

    त्यसबाहेक ठूलो संख्यामा ट्रान्सर्फमरहरु भन्सारहरुमा आइसकेको न्यौपानेले बताए । ती ट्रान्सर्फमहरु परीक्षण पश्चात लोड ब्यालेन्सका लागि फटाफट जडान गरिने उनले बताए ।

    प्राधिकरणले यसपटक नियमित राख्ने भन्दा फरक क्षमताका सीएचपी ट्रान्सर्फमर पनि प्राधिकरणले किन्दैछ । बलियो र कम चुहावट हुने यो ट्रान्सर्फमरले पनि पनि चुनौतीपूर्ण क्षेत्रमा वितरण प्रणालीलाई विश्वसनीय बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।

    पोल फेर्ने योजना

    प्राधिकरणको प्रणाली पुरानो छ । यसलाई स्तरोन्नति नगरेसम्म यस्तो अनियमित विजुली काटिनेसमस्या समाधान गर्न कठीन हुने प्राधिकरणका अधिकारीहरुको तर्क छ ।

    लोडसेडिङको चुनौती पन्छाएपछि प्राधिकरण अब यस्ता अनियमित बिजुली कटौती हुने समस्या समाधानका लागि अघि बढेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

    यसका लागि वितरण लाइनमा लोडअनुसारको ट्रान्सर्फमर थप्ने र काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउनेसम्मको प्रयास सुरु भएको छ ।

    प्राधिकरणका अनुसार विद्युत लाइन वितरण सुधार लागि झण्डै ४ लाख काठको पोल हटाउनुपर्ने हुन्छ । विद्यत प्राधिकरणले गरेको प्रारम्भिक अनुमानमा देशभरका झण्डै ३ देखि ४ लाख काठको पोल हटाउनुपर्ने देखिएको छ ।

    सामुदायिक विद्युतीकरण गरिएका क्षेत्रमा यस्तो पोलका समस्या बढी छन् । कतिपय क्षत्रेमा त रुखलाई नै पोल बनाएर बिजुलीका तार टाँगिएका भेटिने गरेका छन् ।

    प्राधिकरणले ग्रामीण भेगमा काठको सट्टा स्टिलको पोल प्रयोग गर्नुपर्ने अवधारणा ल्याएको छ । काठको पोल मक्किएर भाँचिने समस्या व्याप्त छ । हावाहुरी चल्ने र बषर्ाको समयमा काठको पोलहरु भाँचिने समस्या बढी हुन्छ ।

    ‘एकैपटक सबै काठका पोल विस्थापित गर्न सम्भव छैन । आवश्यक बजेट व्यवस्थापन गर्दै प्राधिकरणका विभिन्न युनिटले टेण्डरमार्फत स्टिलका पोल ल्याउनुपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

    मल्टिपल रिंग बनाइँदै

    अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको घिसिङ बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ ।

    प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउन ‘मल्टिपल रिंग बैंक’ को अवधराणाअनुसार पूर्वाधार निर्माण भइरहेको उनले बताए । काठमाडौंमा मल्टिपल रिंग बैंकका लागि काम थालिएको छ । एक स्थानको सबस्टेशनमा समस्या आउँदा अर्को सब स्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिंग तयार गरिँदैछ ।

    लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ ।

    हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ । माथातीर्थ, चापागाउँ, भक्तपुर, लप्सीफेदी लगायतका स्थानमा निर्माण भइरहेका सब-स्टेशनले मल्टिपल रिंग बैंकको काम गर्नेछन् ।

    यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ ।

    ‘पाटनको सबस्टेसनमा समस्या आएर बिजुली गए चापागाउँको सबस्टेसनबाट बिजुली दिन सकियोस् । स्युचाटारको स्टेसनमा समस्या आउँदा मातातीर्थबाट दिन सकियोस्,’ घिसिङले भने, ‘यस्तै अवधारणमा सबैतिर वितरण लाइन व्यवस्थापन गर्ने योजना हाम्रो छ ।’

    वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिरकणले काम थालेको छ । अहिले ११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने प्राधिकरण बताउँछन् ।

    हाल नेपाल एक सय ३२ केभीको प्रसारण लाइनमै निर्भर छ । यस्तो अवस्थामा काठमाडौंमै बाहिरी चक्रपथमा २२० केभीको प्रसारण लाइन निर्माण गरिँदैछ ।

    विद्यमान सब-स्टेसनहरुमा पनि सुधारका कामहरु भइरहेको ठूला ट्रान्सर्फमर फेर्ने तथा वितरण प्रणालीलाई चुस्त बनाउन सबैतिर समानान्तर रुपमा प्रयास भइरहेको कार्यकारी घिसिङले बताए ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती
    हरप्रहर

    सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती

  • कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
    हरप्रहर

    कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

  • एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
    हरप्रहर

    एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

  • पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा
    हरप्रहर

    पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २0 घण्टा अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ४ दिन अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ६ दिन अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution