काठमाडौं । टेष्ट क्रिकेटमा १४ रनको लक्ष्य ! पत्याउनु हुन्छ ? तर वेष्ट इन्डिज र क्रिकेटको जन्मदाता राष्ट्र इंग्ल्यान्डबीचको खेलमा यस्तै रोचक घटना भएको छ ।
इंग्ल्यान्डले दिएको १४ रनको लक्ष्य वेष्ट इन्डिजले कति बलमा पुरा गर्यो होला ?
१४ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले २.१ ओभरमा विना विकेट लक्ष्य पूरा गर्यो । योसँगै वेष्ट इन्डिजले १० विकेटको जित हात पारेको हो । यसअघि आफ्नो पहिलो पारीमा वेष्ट इन्डिजले ३०६ रन बनाएको थियो ।
यसअघि इंग्ल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १८७ रन बनाएको थियो । इंग्ल्यान्डका लागि मोइन अलीले ६०, जोनी बइरस्टौवले ५२ र बेन फोएक्सले ३५ रन बनाए भने अन्य अनुभवि ब्याट्सम्यान सस्तैमा समेटिए ।
वेष्ट इन्डजका लागि केमार रोचले चार विकेट लिए ।
त्यस्तै, आफ्नो दोस्रो पारीमा खराब प्रदर्शन गर्दै १३२ रनमै इंग्ल्यान्डले सबै विकेट गुमाएपछि वेष्ट इन्डिजले १४ रनको सामान्य चुनौती पाएको थियो ।
इंग्ल्यान्डले दिएको १४ रनको लक्ष्य टेष्ट क्रिकेटको इतिहासमै सबैभन्दा कम स्कोरको लक्ष्य हो ।
जितसँगै वेष्ट इन्डिजले घरेलु टोली इंग्ल्यान्डसँगको तीन खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अघि नै जितेको छ । यसअघि पहिलो टेष्ट क्रिकेट खेलमा पनि वेष्ट इन्डिजले ३८१ रनले पराजित गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३