काठमाडौं – तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।
वषर्ाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए ।
यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेछ लिए ।
पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रमक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।
कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए ।
नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३