काठमाडौँ – सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न मागसमेत गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
समिति संयोजन श्रीराम न्यौपानेले नेपाली व्यवसायीको भुक्तानी नहुन्जेल अन्य नेपाली निर्माण कम्पनीलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे ।
उनले भने,‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुंगो नलगाई अगाडि नबढ्न आग्रह गर्छु ।’ आयोजनाबाट नेपाली व्यवसायीको झन्डै डेढ अर्ब भुक्तानी नभएको गुनासो पोखे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३