थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ।
युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्यो।
नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्।
यसअघि थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर ३ बलमा अलआउट हुँदै युएई ४१ रन बनाएको थियो।
युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्।
यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४/४ रन जोडिन्।
युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ३ ओभर ३ बलमा ६ रन खर्चेर ४ विकेट लिईन्। यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।
छनोट प्रतियोगिताका सुरूवाती तीन खेल जितेको युएईले पहिलो हारको सामना गरेको छ।
नेपालले पनि बलियो टोली थाइल्याण्डसँ पराजय ब्यहोरिसकेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३