एजेन्सी – चर्चित स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेसँगै फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले निम्सलाई ३–० गोलले पराजित गरेको छ ।
पीएसजीको घरेलु मैदानमा शनिबार राति भएको एक पक्षीय खेलमा क्रिस्टोफर एनकुन्कुले ४० औं मिनेटमा खाता खोलेका थिए । ६९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए । ८९ औं मिनेटमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सहज बनाए । एमबाप्पेले एनकुन्कुको पासमा उत्कृष्ट गोल गरेका थिए ।
एमबाप्पेले जारी लिगमा ब्यक्तिगत २२ गोल गरिसकेका छन् । उनी लिगमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । यस सिजन एमबाप्पेले सबै खेलमा २७ गोल गरिसकेका छन् । जितसँगै पीएसजीले २५ खेलबाट ६८ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानको लिलेभन्दा १७ अंकले अगाडि छ । लिलेले २६ खेलबाट ५१ अंक बनाएको छ । पीएसजीसँग पराजित निम्स ३६ अंक सहित ११औं स्थानमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३