सर्लाही– अन्तर्जातीय विवाह गरेको भन्दै सर्लाहीमा बेहुलाको आमालाई स्थानीय तहका जनप्रतिनिधिले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ बस्ने जितेन्द्र राम र अञ्जु रायले अन्तरजातिय विवाह गरेपछि जितेन्द्रकी आमा धनेश्वरीदेवीलाई वडाध्यक्ष रामविश्वास रायले हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
गैरदलित युवतीसँग अन्तरजातीय विवाह गरेको भन्दै वडाअध्यक्ष र अञ्जुको बाबु अभिनन्दन रायसमेतले आफूलाई अनेक धम्कीसहित दुर्व्यवहार गरेको धनेश्वरीदेवीले गुनासो गरिन् ।
प्रेमपछि भागेर अन्तर्जातीय बिहे गरेका जितेन्द्र र अन्जु कक्षा ११ मा अध्ययनरत थिए । माइती पक्षको दवावपछि जितेन्द्र र अन्जु अहिले घरबाहिर नै लुकीछिपी बस्दै आएको बताइएको छ ।
यसैबीच घटनापछि पीडित धनेश्वरीदेवीले प्रहरीमा उजुरी दिएकी छिन् ।
उनको निवेदन दिएपछि प्रहरीले सुरक्षाको लागि प्रबन्ध मिलाएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३