एजेन्सी – रुस विश्वकप पछि स्पेनको बार्सिलोनामै रमाई रहेका कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीमा खेल्ने नखेल्ने चर्चा भईरहेको बेला मेस्सी ९ महिना पछि टोलीमा फर्किएका हुन् ।
रुस विश्वपमा अर्जेन्टिनाले प्रिक्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो । प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग हार खेपेपछि मेस्सी निरास बनेका थिए । त्यसपछि लामो समय विश्राम लिएका मेस्सीलाई नयाँ प्रशिक्षक लियोनल स्कालोनीले भेनेजुएला र मोरोक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाउन सफल भएका छन् ।
अर्जेन्टिनाले आगामी २२ मार्चमा स्पेनमा भेनेजुएला र २६ तारिख मोरोक्कोसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । प्रशिक्षक स्कालोनीले मेस्सीलाई बोलाउँदा अन्य स्टार खेलाडीहरु सर्जियो अग्युरो, गोन्जलो हिगुइन, मौरो इकार्डीलाई समाबेश गरेका छैनन् ।
लौउटारो मार्टिनेज, जियोभानी सिमिओनी र डारियो बेनेडेटोले भने मौका पाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३